Monday, November 9, 2015

धार्मिकस्थलमा भक्तिसङ्गीत प्रशारण गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ, २३ कात्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रमुख धार्मिक तथा साँस्कृतिक सम्पदास्थलमा भक्तजनको उपस्थिति रहँदासम्म अनिवार्यरुपमा भक्ति सङ्गीतको प्रशारण गर्न सम्बन्धित कोष, समिति तथा अन्य सम्बद्ध संस्थालाई निर्देशन दिएको छ ।

मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी धार्मिक तथा साँस्कृतिक सम्पदास्थल पशुपतिनाथ, बौद्धनाथ, स्वयम्भूनाथ, दक्षिणकाली, बुढानीलकण्ठ, बङ्गलामुखी, बज्रबाराही, मनकामना, लुम्बिनी, पाथीभरा, हलेसी, बराहक्षेत्र, देवघाट, मुक्तिनाथ, स्वर्गद्वारी, शैलेश्वरीलगायत प्रमुख धार्मिकस्थलमा सो व्यवस्था गर्न निर्देशन दिएको हो ।

मन्त्रालयले यस्ता कार्यबाट ती क्षेत्रहरुको महत्व र प्रतिष्ठा बढ्ने, सामाजिक, साँस्कृतिक एवम् धार्मिक सहिष्णुता प्रवद्र्धन हुने, राष्ट्रिय एकता अभिवृद्धि गर्न सहयोग पुग्ने एवम् सबै सम्प्रदायको धार्मिक साँस्कृतिक मूल्यमान्यताको सम्मान गर्ने वातावरण सिर्जना हुने विश्वास लिएको जनाएको छ ।

धार्मिक सम्पदाहरु सञ्चालन गर्ने कार्यलाई प्रभावकारी बनाउन भक्ति सङ्गीतको महत्वपूर्ण भूमिका रहेकाले धार्मिक र साँस्कृतिक स्थानहरुमा तत्तत् क्षेत्रमा बोलिने स्थानीय भाषा, संस्कृति र नेपाली भाषामा भक्ति सङ्गीत प्रशारण गर्दा भक्तजन आनन्दित हुने र साँस्कृतिक पर्यटनको समेत प्रवद्र्धन हुने मन्त्रालयले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts