Wednesday, November 25, 2015

ट्याक्टरले किचेर बालकको मृत्यु

भोजपुर, ९ मङ्सिर । जिल्ला सदरमुकाम दिङलामा ट्याक्टरले किचेर आज अपराह्न एक बालकको मृत्यु भएको छ ।

को २ त ३०÷१८ नम्बरको ट्याक्टरले मोरङ सलकपुर–७ का तेजराज ढुङ्गानाका ११ वर्षीय छोरा किशोर ढुङ्गानालाई ठक्कर दिँदा गम्भीर घाइते भएका र उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
मोरङ घर भएका बालक भोजपुर सदरमुकाम मावली घर आएका हुन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts