Wednesday, November 25, 2015

जीप दुर्घटनामा एकको मृत्यु, एक्काइस घाइते

त्ुालसीपुर (दाङ), ९ मङ्सिर । त्ुालसीपुरबाट पश्चिम दाङको बागमारेतर्फ जाँदै गरेको रा १ ज ३६५७ नम्बरको यात्रुवाहक जीप पवननगर गाविस–४ भमकेमा आज दिउँसो दुर्घटना हँुदा एकजनाको मृत्य भएको छ भने चालकसहित २१ जना घाइते भएका छन् ।

दुर्घटनामा परी शान्तिनगर–७ का ५२ वर्षीय झुपलाल दर्लामीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी चालकसहित २१ जना घाइते भएका छन् ।

घाइतेमध्ये सातजनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि नेपालगन्ज पठाइएको राप्ती अञ्चल अस्पताल तुलसीपुरले जनाएको छ ।

सामान्य घाइते १४ जनाको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts