Sunday, November 8, 2015

विद्यालयलाई शैक्षिक सामाग्री तथा नगद हस्तान्तरण

20151107_134158

स्वीट्जरल्याण्डमा बस्दै आउनु भएका राजेश खड्गी तथा श्रीमती हेलेन खड्गीको सकृयतामा भूकम्प प्रभावित विद्यालयलाई शैक्षिक सामाग्री तथा नगद हस्तान्तरण गरिएको छ ।

20151107_123604
शनिबार भूकम्प अति प्रभावित नुवाकोट जिल्लाको खड्गभञ्ज्यांग गाविस ६ मा अवस्थित श्री प्रगतिशील उच्च मा.वि.मा दिपावलीको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा उक्त सहयोग हस्तान्तरण गरिएको हो । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको अध्ययन अध्यापनमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ राजेश खड्गीको सक्रियतामा संकलित रकमबाट करिब ६० हजार बराबरको विज्ञान प्रयोगशालाका सामाग्रीहरु, खेलकुद सामाग्रीहरु, पुस्तकालयका लागि सामान्यज्ञान तथा अन्य आवश्यकीय पुस्तक लगायतका सामाग्रीहरु श्रीमती हेलेन खड्गी, राजेश खड्गी, दामोदर नेपाल, पप गायक जोहेब मानन्धर लगायतले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुब बहादुर खड्का र विद्यालयकी प्राचार्य श्री मञ्जु चित्रकारलाई संयुक्त रुपमा हस्तान्तरण गर्नु भयो । त्यसैगरी सहयोगी मनका धनी उहांहरुले भूकम्पले भत्किएका विद्यालयका भवनहरुको पुननिर्माणका लागि सहयोग पुगोस् भन्ने हेतूले सोही कार्यक्रममा नगद रु. ४० हजार समेत हस्तान्तरण गर्नु भयो ।

20151107_135831
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा सोही क्षेत्रका सांसद राममाया बोगटीले उक्त विद्यालयको प्रगतिको लागि आफूले पहिलेदेखि नै सहयोग गर्दै आईरहेको र यथासम्भव सहयोग निरन्तर गरिरहने प्रतिवद्धता व्यक्त गर्नु भयो । त्यसैगरी उक्त कार्यक्रममा अतिथिको रुपमा बोल्दै सोही विद्यालयका पूर्व विद्यार्थी एवं प्रवासी नेपाली पत्रकार सञ्जालका सचिव दामोदर नेपालले आफूले शिक्षारम्भ गरेको विद्यालयलाई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै सम्भव भएसम्म आफ्नो सहयोग निरन्तर रहने बताउनु भयो ।

20151107_123546
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुब बहादुर खड्काको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका विद्यार्थीहरुद्वारा विविध सांस्कृति कार्यक्रम प्रस्तुत गरिएको थियो भने एकिकृत नेकपा माओवादीका जिल्ला अध्यक्ष हिरानाथ खतिवडा, व्यवस्थापन समितिका सल्लाहकार हरि प्रसाद रिमाल, पूर्व शिक्षक राम प्रसाद रिमाल लगायत अतिथिहरुले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापन मधुसुदन नेपालले स्वागत मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि र अतिथिहरुलाई विद्यालयका तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो ।

20151107_121000 20151107_120736 20151107_120334 20151107_120308

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts