Friday, November 20, 2015

औषधि आपूर्तिमा ख्यालठट्टा नगर्न आग्रह

काठमाडौँ, ४ मङ्सिर । नेपाल औषधि व्यवसायी सङ्घले आन्दोलनरत समूहले औषधि ढुवानी सहज बनाउने घोषणा गरेको १२ घन्टा बित्न नपाउँदै वीरगन्ज र विराटनगरमा भएको घटना अमानवीय भएको जनाएको छ ।

सङ्घले वीरगन्जमा औषधि बोकेको ना२ख ८२९२ नम्बरको ट्रकमा भएको आगजनी र विराटनगरमा को१त ७३७९ नम्बरको एम्बुलेन्स तोडफोड भएकामा दुःख व्यक्त गरेको छ ।

सङ्घका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले १०० दिनदेखि तराई मधेसमा जारी आन्दोलन र दुई महिनादेखिको अघोषित नाकाबन्दीले काठमाडौँ उपत्यकालगायत देशभर अत्यावश्यक औषधिमा अभाव देखिएका अवस्थामा भएको सो घटना अमानवीय रहेको बताउनुभयो ।

इन्धन अभाव र ज्यान जोखिममा राखेर पनि औषधि जस्तो मानव जीवनसँग प्रत्यक्ष जोडिएको अत्यावश्यक वस्तुको आपूर्तिको सुरक्षा मिलाउन सङ्घले सरकारसँग माग गरेको छ ।

आगामी दिनमा मानवीय जीवनसँग जोडिएको औषधि आपूर्तिमा ख्यालठट्टा नगर्न आग्रह गरेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts