काठमाडौँ, ३ मङ्सिर । गृहमन्त्री शक्तिबहादुर बस्नेत र नेपालका लागि दक्षिण कोरियाका राजदूत चोई योङग जिनबीच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित गृह मन्त्रालयमा आज भएको भेटवार्तामा नेपाल र कोरियाको द्विपक्षीय हितका बारेमा छलफल भएको थियो ।
भेटमा मन्त्री बस्नेतले भाषा परीक्षामार्फत कोरियामा पछिल्लो समय हजारौँ कामदार रोजगारीका लागि गएकाले दुई देशबीच जनस्तरमै सम्बन्ध प्रगाढ बन्न सहयोग गरेको बताउनुभएको थियो ।
उहाँले कोरिया नेपालको भरपर्दो विकास साझेदार मुलुक भएको भन्दै भूकम्पपछि कोरिया सरकारले नेपाललाई गरेको सहयोगका लागि धन्यवाद दिँदै भूकम्पपछिको पुनःनिर्माण र सहयोगका लागि आग्रह गर्नुभएको थियो ।
जवाफमा कोरियन राजदूतले पुनःनिर्माणका लागि कोरियन सरकारले सहयोग गर्ने प्रक्रिया अघि बढाइसकेको जानकारी दिनुभएको थियो ।
राजदूतले नेपाल जस्तै कोरिया पनि ठूला दुई छिमेकीका बीचमा रहेको भन्दै नेपालमा देखिएको इन्धनको सङ्कट समाधान गर्न नेपालसक्षम हुने विश्वास भेटमा व्यक्त गर्नुभएको थियो । रासस
No comments:
Post a Comment