Saturday, November 14, 2015

नेपालमा २.४९ प्रतिशत गरिबी न्यूनीकरणः केसी

दाङ, २८ कात्तिक । गरिबी निवारण कोषका कार्यकारी निर्देशक नहकुल केसीले गरिबी निवारणका लागि कोषले ७५ वटै जिल्लामा कार्यक्रम लैजाने तयारी गरेको जानकारी दिनुभएको छ ।

रिपोर्टर्स क्लब दाङले आज आयोजना गरेको साक्षात्कारमा बोल्दै केसीले हाल ५५ जिल्लामा लागू भएको कार्यक्रम देशका सबै जिल्लामा लैजाने तयारी भएको बताउनुभयो ।

त्यसैगरी, उहाँले कोषले कार्यक्रम सुरु गरेसँगै नेपालमा २.४९ प्रतिशत गरिबी न्यूनीकरण भएको र त्यसबाट रु सात लाख ७० हजार विपन्न र गरिब परिवार लाभान्वित भएको बताउनुभयो ।

कार्यक्रममा यस आवमा रु तीन करोड ६६ लाख बजेट कोषमा रहेको र त्यसबाट विभिन्न तीन किसिमका विपन्न तथा गरिब परिवार छुट्याएर उनीहरुको आयस्तर वृद्धिका लागि कोषले विभिन्न ४०० गैरसरकारी तथा सरकारी संस्थासँगको सहकार्यमा कार्यक्रम सञ्चालन गर्ने केसीले बताउनुभयो ।

“दीर्घकालीनरुपमा गरिबी निवारणका लागि देशमा ठूलाठूला उद्योग तथा कलकारखानाको स्थापना हुनुपर्छ सानो पुँजीले सदाका लागि गरिबी निवारण गर्न सकिँदैन”– केसीले भन्नुभयो ।

साक्षात्कारमा उहाँले कोषले भौतिक निर्माणमा पनि सहयोग गरेको र आगामी दिनमा पनि गर्ने बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts