बैतडी, २ मङ्सिर । दार्चुलाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको जिप भिमदत्त लोकमार्गको डोटी घन्टेश्वरमा आज बिहान दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख डम्बरबहादुर चन्दका अनुसार घाइते हुनेमा दार्चुला सेरी बस्ने १७ वर्षीया भावना कुमारी महरा, सितोला बस्ने २० वर्षीया कमला ठगुन्ना र १५ वर्षीय सुनिल महरा रहेका छन् ।
घाइते सबैलाई डोटीमा उपचार हुन नसकेपछि उपचारका लागि कैलाली पठाइएको प्रहरीले जानकारी दिएको छ ।
चौध जना यात्रु बोकेको से१ज ६१० नम्बरको जिप अनियन्त्रित भएर सडकमा पल्टिएको थियो ।
जिप र चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ । रासस
No comments:
Post a Comment