चौतारा, २६ कात्तिक । आजदेखि सुरु भएको नेपाल सम्वत् ११३६ को खुसियालीमा यहाँ विविध कार्यक्रम आयोजना गरिएको छ ।
सिन्धु नेवाः खलःको आयोजनामा स्थानीय सहिद मञ्चबाट निकालिएको साँस्कृतिक ¥यालीले पुरानो बसपार्क, चौतारा बहुमुखी क्याम्पस, नयाँ बसपार्क र पुरानो बजारको परिक्रमा गरेको थियो । सहिद मञ्चमै पुगेर उक्त ¥याली सभामा परिणत भएको थियो ।
सहभागीहरुलाई सगुन र टीका प्रदान गरेर ¥याली सुरु गरिएको थियो । यहाँ आज साँझ घर घरमा दीपावली गरिने कार्यक्रम रहेको खलःका अध्यक्ष माधव लाल कर्माचार्यले जानकारी दिनुभयो ।
सिन्धु नेवाः खलःले नयाँ वर्ष मनाउने काम जिल्लामा विगत डेढ दशकदेखि गर्दै आएको छ । रासस
No comments:
Post a Comment