सप्तरी, २६ कात्तिक । सप्तरी प्रशासनले राजमार्ग क्षेत्रमा लगाइएको निषेधित क्षेत्र जारी नै रहेको बताएको छ ।
सो क्षेत्रमा स्थानीय प्रशासनले राजमार्गमा राति ९ बजेदेखि बिहान ७ बजेसम्मका लागि निषेधित क्षेत्र तोक्दै आएको छ । प्रमुख जिल्ला अधिकारी अनिल ठाकुरका अनुसार राजमार्ग अन्र्तगतको कोसी ब्यारेजदेखि लहानको बलान खोला र उदयपुर जाने बाटो आसपासका क्षेत्रमा सडकदेखि पाँचसय मिटर उत्तर र दक्षिण क्षेत्रमा निषेधित क्षेत्रहरु हुन् । रासस
No comments:
Post a Comment