Monday, November 2, 2015

पेट्रोलियम पदार्थ वितरण प्रभावकारी बनाउन संयन्त्र

काठमाडौँ, १६ कात्तिक । सरकारले पेट्रोलियम पदार्थको वितरणलाई सुलभ र प्रभावकारी बनाउन एक संयन्त्र बनाएको छ ।

वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनको अध्यक्षतामा आज बसेको बैठकले पेट्रोलियम पदार्थ वितरणसम्बन्धी संयन्त्र बनाएको हो ।
उक्त संयन्त्रमा मन्त्रालय, वाणिज्य विभाग, नेपाल आयल निगम र नेपाल प्रहरीका प्रतिनिधि तथा ग्यास उद्योगीका तर्फबाट एकजना प्रतिनिधि रहेका छन् । संयन्त्रको संयोजन वाणिज्य विभागका निर्देशकले गर्नुहुनेछ ।

संयन्त्रले ग्यास तथा पेट्रोलियम पदार्थ, हवाई इन्धन कति आयात र वितरण भयो, कहाँबाट कति परिणाममा वितरण भयो कति अपुग छ भनी जानकारी राख्ने वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव शिवप्रसाद त्रिपाठीले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts