काठमाडौँ, १६ कात्तिक । म्याग्नस फर्माले छारे रोगको औषधि बजारमा ल्याएको छ ।
‘नेप्लिज सोसाइटी अफ न्युरो सर्जन’ले आज यहाँ आयोजना गरेको कार्यक्रममा म्याग्नसले लेभेटाम ब्रान्डमा ‘लेभिटेरासिटाम’ र लेमोजिन ब्रान्डमा ‘लेमोट्रिजिन’ नामको औषधि बजारमा ल्याएको हो ।
सो औषधिको वरिष्ठ न्युरो सर्जन डा वसन्त पन्त र जापानका वरिष्ठ न्युरो सर्जन डा हिडे युकी बोनिसीले संयुक्त रुपमा सार्वजनिक गर्नुभएको हो ।
डा पन्तले जटिल रोगका औषधि उत्पादन स्वदेशमै उत्पादन हुँदा बिरामीले सुपथ मूल्यमा गुणस्तरीय सेवा पाउने विश्वास व्यक्त गर्नुभयो ।
म्याग्नसका बजार निर्देशक सुधीरप्रकाश मास्केले औषधि आयातलाई प्रतिस्थापन गर्दैै देशलाई औषधिका क्षेत्रमा आत्मनिर्भर बनाउन नयाँ प्रकारका औषधि उत्पादन गर्न कम्पनी लागेको बताउनुभयो ।
विसं २०६६ बाट औषधि उत्पादन थालेको म्याग्नसले मानसिक रोग, मुटु रोग, मधुमेह, मिर्गाैला, हाडजोर्नी तथा नसा रोगका अत्यावश्यक औषधि नेपालमा पहिलोपटक उत्पादन सुरु गरेको हो । रासस
No comments:
Post a Comment