Monday, November 2, 2015

‘झटारो’को अङ्ग्रेजी संस्करण लोकार्पण

काठमाडौँ, १६ कात्तिक । साहित्यकार तीर्थराज अधिकारीद्वारा लिखित ‘झटारो’ मुक्तक सङ्ग्रहको अङ्ग्रेजी संस्करण संस्कृतिविद् एवम् शताब्दी पुरुष सत्यमोहन जोशीले लोकार्पण गर्नुभएको छ ।

नेपाल मुक्तक प्रतिष्ठानको आयोजनामा आज यहाँ भएको कार्यक्रममा संस्कृतिविद् एवम् शताब्दी पुरुष जोशीले मुक्तक विधा नेपाली साहित्यको लोकप्रिय विधा भएको भन्दै यसले नेपाली भाषाको विकासमा थप योगदान पुगेको उल्लेख गर्नुभयो ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठले यो सङ्ग्रहले नेपाली मुक्तक विधालाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

साहित्यकार ज्ञानुवाकर पौडेलले कृतिले राजनीतिक, सामाजिक, माया, प्रेम सबै क्षेत्रलाई समेटेको बताउनुभयो ।

समालोचक प्रा डा कृष्णचन्द्र शर्माले नेपाली कृतिलाई अङ्ग्रेजीमा हुबहु अनुवाद गर्ने काम गाह्रो भएको बताउनुभयो । पुस्तकमा जल्दोबल्दो समाज र मुलुकमा भएको जल्दोबल्दो कुराले प्राथमिकता पाएको बताउनुभयो ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने, पुस्तकका लेखक तीर्थराज अधिकारी, प्रतिष्ठानका महासचिव रमेश पौडेल, साहित्यकार यादव भट्टराईलगायतले अङ्ग्रेजी भाषामा प्रकाशित गरिएको पहिलो मुक्तक सङ्ग्रह भएकाले यसलाई अन्तर्राष्ट्रियस्तरसम्म फैलाउनु आवश्यक रहेको बताउनुभएको थियो ।

साहित्यकार अधिकारीद्वारा २०७० सालमा लिखित ‘झटारो’को नेपाली कृतिको अङ्ग्रेजीमा अनुवाद साहित्यकार भोजराज न्यौपानेले गर्नुभएको हो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts