दमक, ११ मङ्सिर । कानुन, न्याय तथा संसदीय मन्त्री अग्नि खरेलले नेपाल सार्वभौम मुलुक भएकाले यसले संविधान बनाउँदा कसैको अनुमति लिइरहनु नपर्ने बताउनुभएको छ ।
आज झापाको दमक–९ स्थित विद्योदय निम्न माध्यमिक विद्यालयको अभिभावक सम्मान कार्यक्रममा पुग्नुभएका मन्त्री खरेलले भारतले संविधानको वहानामा लगाएको नाकाबन्दी अमानवीय भएको बताउनुभयो । उहाँले राज्यको सीमाङ्कनसम्बन्धी विवाद वार्ताका माध्यमबाट समाधान गर्न सरकार तत्पर रहेको तर देशको अखण्डताविरुद्ध सरकार कसैसँग नझुक्ने बताउनुभयो ।
मुलुकका आन्तरिक समस्या वार्ताको माध्यमबाट समाधान गर्नु राष्ट्रियता बलियो पार्ने तरिका भएको पनि बताउँदै उहाँले भन्नुभयो, “वार्तामा आउनुको साटो दशगजामा गएर धर्ना बस्ने गल्ती साथीले गरिरहनुभएको छ, नाकामा अवरोध पु¥याएर कसैलाई फाइदा हुँदैन ।”
यसैगरी आजै मन्त्री खरेलले दमक–१० मा आजबाट सुरु भएको शिवमहापुराण धान्याञ्चज महायज्ञको समेत उद्घाटन गर्नुभएको थियो ।
ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठानले आयोजना गरेको महायज्ञको उद्घाटन गर्दै उहाँले बहुजातीय, वहुभाषिक र बहुसंस्कृतिका धनी नेपाली भएको भएकाले सबै धर्म, संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्न सरकार प्रतिबद्ध भएको वताउनुभयो । रासस
No comments:
Post a Comment