Friday, November 6, 2015

राष्ट्रिय बिचभलिबल प्रतियोगिता मङ्सिरमा हुने

काठमाडौँ, २० कात्तिक । पाँचाँै पुरुष तथा चौथो महिला राष्ट्रिय बीचभलिबल प्रतियोगिता पूर्वाञ्चलको इटहरीमा सञ्चालन हुने भएको छ ।

नेपाल भलिबल सङ्घको आयोजनामा हुन लागेको उक्त प्रतियोगिता आगामी मङ्सिर २ देखि ४ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा पाँच विकास क्षेत्रका पुरुष तथा महिला टोलीसहित तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी क्लब र सशस्त्र प्रहरी बल (एपिएफ)ले प्रतियोगितामा भाग लिने भलिबल सङ्घका अध्यक्ष दानबहादुर तामाङले आज यहाँ आयोजित एक कार्यक्रममा जानकारी दिनुभयो ।

लिग कम नकआउटका आधारमा हुने उक्त प्रतियोगिताको विजेता पुरुष तथा महिला टोलीले समान रु २०÷२० हजार प्राप्त गर्नेछन् ।

त्यस्तै, प्रतियोगितामा दोस्रो हुनेले रु १५ हजार प्राप्त गर्नेछन् भने तेस्रो हुनेले रु १० हजार पाउनेछन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts