Friday, November 6, 2015

अध्यक्ष पहारीको नेतृत्वमा एक प्रतिनिधिमण्डल क्युवा प्रस्थान

काठमाडौँ, २० कात्तिक । विश्व प्रजातान्त्रिक युवा सङ्घको ३७औँ महासभामा भाग लिन युवा सङ्घ नेपालका अध्यक्ष राजीव पहारीको नेतृत्वमा आज एक प्रतिनिधिमण्डल क्युवाको हवानामा प्रस्थान गरेको छ ।

यही कात्तिक २२ देखि २६ गतेसम्म जारी रहने उक्त महासभामा विश्वका विभिन्न १५० राष्ट्रका प्रगतिशील युवा सङ्घसंस्थाको सहभागिता रहने उक्त बैठकमा करिब ३०० प्रतिनिधिको सहभागिता रहनेछ ।

नेपालको प्रतिनिधित्व गर्दै पहारी त्यसतर्फ प्रस्थान गर्नुभएको सङ्घका प्रवक्ता प्रभातविक्रम कटुवालले जानकारी दिनुभयो । अध्यक्ष पहारीको नेतृत्वमा चार सदस्यीय प्रतिनिधिमण्डल त्यहाँ गएको हो । बैठकमा नेपालमा अहिले भारतले गरेको नाकाबन्दीको विषयमा छलफल गरी त्यसलाई अन्तर्राष्ट्रियकरण गरिनेछ । नेपालमा रहेका सगरमाथालगायत विश्वका अग्ला आठवटा हिमालका बारेमा सहभागी राष्ट्रका प्रतिनिधिलाई जानकारी दिएर नेपाल भ्रमणका लागि आश्वस्त पारिनेछ ।

नेपाली युवाको अवस्था र उनीहरुले देश विकासमा पु¥याएका योगदानका बारेमा समेत छलफल गरिनेछ । उक्त महासभाको निर्वाचनमा नेपालका तर्फबाट युवा सङ्घ प्रचार विभाग उपप्रमुख सुन्दर भुसालले उपाध्यक्ष पदमा उम्मेदवारी दिने सङ्घका उपाध्यक्ष रमेश पौडेलले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts