Monday, November 2, 2015

पिपिआर रोगले भेडाबाख्रा मरे

हुम्ला, १६ कात्तिक । दक्षिणी हुम्लाका विभिन्न गाविसमा भेडाबाख्रामा पिपिआर रोगको प्रकोप देखा परेको छ ।

सो रोगबाट लाली गाविसमा ३७, सार्किदेउमा ३५ र जैर गाविसमा ६० भेडाबाख्रा मरेका छन् । सो क्षेत्रमा करिब ६०० भेडाबाख्रा पिपिआर रोगका कारण बिरामी परेका स्थानीयबासी टक्कबहादुर शाहीले बताउनुभयो ।

त्यस्तै श्रीनगर गाविसमा पनि गाईवस्तुमा जिव्र्रन खोरेत रोग देखिएको छ । क्षेत्रीय पशु सेवा कार्यालयबाट आउनुभएका पशुचिकित्सक नारायण न्यौपानेसहित सात जनाको टोली सो क्षेत्रमा पशु चौपायाको उपचार गर्न खटिएको हुम्लाका प्रमुख जिल्ला अधिकारी डा कृष्णबहादुर घिमिरेले बताउनुभयो । रासस÷

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts