महोत्तरी, १८ । कात्तिक । करिब तीन महिनादेखि बन्द रहेका महोत्तरीका अधिकांश निजी तथा सामुदायिक विद्यालय निर्वाधरुपमा सञ्चालनमा आएका छन् ।
जिल्लाका उत्तरवर्ती एवम् पश्चिमीवर्ती क्षेत्रमा रहेको गौशाला, हात्तीलेट, लक्ष्मिनियाँ, भरतपुर, सुन्दपुर, विजलपुरालगायत आधा दर्जनभन्दा बढी गाविसका अधिकांश निजी तथा सामुदायिक विद्यालय सञ्चालनमा आएका हुन् ।
गत साउन २५ गतेदेखि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताको आग्रहमा बन्द भएका जिल्लाका अधिकांश विद्यालय पछिल्ला समयमा क्रमिकरुपमा निर्वाध रुपले सञ्चालनमा आएका हुन् ।
यस शैक्षिक सत्रका आधाभन्दा बढी समय आन्दोलन र भूकम्पका कारण शिक्षाबाट वञ्चित रहेका कलिला बालबालिकाले विद्यालय जान पाएका छैनन् ।
यता जिल्ला सदरमुकाम जलेश्वर तथा दक्षिणवर्ती भेगका विद्यालय भने अहिले पनि बन्द रहेकाले लाखाँै विद्यार्थी विद्यालय जानबाट वञ्चित भएका छन् । रासस
No comments:
Post a Comment