जाजरकोट, १८ कात्तिक । जिल्ला प्रहरी कार्यालय जाजरकोटले दुई युवालाई हतियारसहित पक्राउ गरेको छ ।
जिल्लाको पैक गाविस–२ का भीमबहादुर गिरीको घरबाट अवैध तरिकाले लुकाइछिपाई राखेको अवस्थामा एक थान बन्दुक र पैक–५ का मोहन विक्रम शाहीले बन्दुक बोकेर जङ्गलतिर हिँडिरहेको बेला पक्राउ गरेको प्रहरी नायब उपरीक्षक दानबहादुर मल्लले जानकारी दिनुभयो ।
अवैध हतियारबाट चोरी निकासी तथा वन्यजन्तुको चोरी सिकारी गरिरहेको अवस्थामा त्यसलाई नियन्त्रण गर्न प्रहरी क्रियाशील रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले बताएको छ ।
यसैबीच जिल्ला प्रहरी कार्यालय जाजरकोटमा कार्यरत प्रहरी नायब निरीक्षक शिवदत्त पन्तले रगत दिएपछि नायकवाडा गाविस–२ जिरीकी २६ वर्षीया नविना रावतको ज्यान बच्न सफल भएको छ ।
उहाँले जाजरकोटबाट रुकुमको चौरजहारीस्थित मिसन अस्पतालमा गएर रावतलाई रगत दिएर ज्यान बचाएको रावतका भिनाजु लोकेन्द्र रोकायले जानकारी दिनुभयो । रासस
No comments:
Post a Comment