Wednesday, November 11, 2015

घर घरमा दीपावली, बजारको उत्साह कम

काठमाडौँ, २५ कात्तिक । हिन्दू नेपालीको दोस्रो ठूलो पर्व तिहार अन्तर्गत लक्ष्मीपूजाका दिन आज साँझ घर घरमा धनधान्यकी देवी लक्ष्मीको पूजा गरी मनाइएको छ ।

काठमाडौँ उपत्यकाका घर घरमा फूल, माला र रङले सजाई, गोबरले लिपेर तथा सरसफाइ र उज्यालो बनाएर पूजाआजा गरिएको पाइए पनि बजारको चहलपहल भने विगतको जस्तो छैन । नेपालका मुख्य नाकामा भारतको अघोषित नाकाबन्दीका कारण इन्धन अभावले बजारमा उत्साह कम भएको हो ।

कतिपय बजार र ठूला घर तथा कार्यालयको परिसरमा झिलिमिली बत्ती बलेको देखिए पनि सबैतिर त्यस्तो उज्यालो देख्न सकिएन । विनाशकारी भूकम्प गएको वर्ष भएकाले पनि चहलपहल कम भएको बताइएको छ । देउसे–भैलोको टोलीको घुइँचोको हिसाबले पनि विगतको भन्दा कम समूह देखिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts