काठमाडौँ, २५ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्तरिक कठिनाइका साथ नेपालीले सांस्कृतिक पर्व तिहार मनाउनु परे पनि मुलुकको समृद्धिका लागि एकताबद्ध हुनाको विकल्प नभएको बताउनुभएको छ ।
लक्ष्मीपूजाका अवसरमा देशवासीमा आज शुभकामना व्यक्त गर्दै उहाँले कृषि उपज, कृषिका साधन र समृद्धि तथा धनधान्यको उपासना गर्ने पर्वका रुपमा सम्पूर्ण देशवासीले तिहार मनाउने परम्पराको निरन्तरतासँगै यस अवसरमा नयाँ संविधानको कार्यान्वयन प्रभावकारी रुपमा गर्न जोड दिनुभएको छ ।
“संविधान जारी भइसकेको परिस्थितिमा अब हामीले देशलाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउन आवश्यक छ, त्यस निमित्त हामी सबै एकताबद्ध भएर अघि बढ्नुको विकल्प छैन”, प्रधानमन्त्री ओलीले भन्नुभएको छ, “देशले अहिले भोगिरहेको कठिनाइ र आम देशवासीले भोगिरहेको दुःख कष्टप्रति म अत्यन्त संवेदनशील र दुःखी छु, यस्तो परिस्थितिमा पनि आम नेपाली दिदीबहिनी तथा दाजुभाइले देखाउनुभएको धैर्यता र संयमताको सम्मान गर्दै शुभ दीपावलीका अवसरमा सबै नेपाली दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।” रासस
No comments:
Post a Comment