Wednesday, November 4, 2015

तीन महिनामा ६२ जनाको उद्धार

भीमदत्तनगर, १८ कात्तिक । कञ्चनपुरको पश्चिमी सीमा नाका गड्डाचौकीबाट बितेको तीन महिनाको अवधिमा ६२ जनाको उद्धार गरिएको छ ।

मानव बेचबिखनविरुद्ध काम गर्दै आएका विभिन्न गैरसरकारी निकाय तथा प्रहरीको सक्रियतामा भारत लगिन लागेकाकोे उद्धार गरिएको हो । हिजोआज बेचिने युवतीको सङ्ख्या बढिरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक केदार खनालले दिनुभएको जानकारीअनुसार उद्धार गरिएकाहरु अधिकांशतः बैतडी, दार्चुला, सिन्धुपाल्चोक, दैलेख र नवलपरासीका छन् । “भारतमा विभिन्न बहानामा दलालले युवायुवतीलाई लगिरहेका हुन्छन्,” उहाँले भन्नुभयो – “विगतको तुलनामा केही नियन्त्रणसमेत भएको छ ।” खुल्ला सीमा नाकाका कारण मानव बेचबिखन नियन्त्रणमा समस्या भएको प्रहरीको भनाइ छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts