Wednesday, November 4, 2015

करणीमा सङलग्नलाई सात वर्ष कैद सजाय

इलाम, १८ कात्तिक । बालिकालाई करणी गरेको अभियोगमा पक्राउ परेका एक युवकलाई जिल्ला अदालतले आज सात वर्ष कैद र पीडितलाई रु २५ हजार क्षतिपूर्ति भराउने फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले मुलुकी ऐन जर्वजस्ती करणी महलको १, ३ (३) नं. बमोजिम कसुर ठहर गर्दै सोही महलको ३ (३) बमोजिम सोयाङ–३ का गणेशमान मुखियालाई सात वर्ष कैद र १० नं. बमोजिम २५ हजार क्षतिपूर्ति भराउने फैसला सुनाएको अदालतका श्रेस्तेदार जगदीश्वर भट्टराईले जानकारी दिनुभयो ।

मुखियाले गाउँकै १५ वर्षीया बालिकालाई ललाइफकाई जर्वजस्ती करणी गरेको भन्दै पीडितका अभिभावकले गत भदौ २३ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts