Monday, November 23, 2015

मादक पदार्थ सेवनबाट दुईको मृत्यु, दर्जनौँ सिकिस्त

न्होमपेन्ह, ७ मङ्सिर । कम्बोडियाको पूर्वी प्रान्त क्वाराटाइमा एक अन्त्येष्टि कार्यक्रममा चामलबाट बनेको मादक पदार्थ पिउँदा दुई जनाको मृत्यु भएको समाचार छ ।

सो घटनामा अन्य ४४ जना अस्पताल भर्ना भएका स्थानीय प्रहरी प्रमुखले सोमबार जानकारी दिएका छन् ।

सो घटनामा दुई महिलासमेत रहेका सम्बो जिल्ला प्रहरी प्रमुख बुन चोएअनले बताउनु भएको छ । अस्पताल भर्ना भएका ४४ जना गाउँलेको अवस्था पनि चिन्ताजनक भएको जनाइएको छ ।

गत नोभेम्बरमा पनि सोही प्रान्तमा चामलबाट घरमा नै बनेको मादक पदार्थ सेवनबाट छ व्यक्तिको मृत्यु भएको थियो । रासस÷सिन्ह्वा

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts