Monday, November 23, 2015

दुई सय सवारी साधन सञ्चालनमा आउन सकेनन्

परासी, ७ मड्सिर । नवलपरासीमा मध्य नेपाल यातायात व्यवसायी समितिसँग आबद्ध करिब २०० भन्दा बढी सवारी साधन सञ्चालनमा आउन सकेका छैनन् ।

मधेसी मोर्चाको बन्दका कारण जिल्लामा सञ्चालित समितिका माइक्रो बस, बस, जिप र अन्य सवारी साधन बन्द भएका हुन् । आन्दोलनका कारण करिब तीन महिनादेखि समितिमा आबद्ध सबै सवारी साधन दसैँतिहार र छठसम्म करिब एकसाता सञ्चालनमा आए पनि अहिले फेरि बन्द भएका मध्य नेपाल यातायात व्यवसायी समितिका अध्यक्ष ऋषिराम पौडेलले जानकारी दिनुभयो ।

सवारी साधन सञ्चालन हुन नसक्दा बंैकको ब्याज किस्तासमेत बुझाउन समस्या भएको र दैनिक गुजारा चलाउने यातायातकर्मीसमेत मारमा परेको उहाँले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts