Sunday, November 1, 2015

भैरहवामा फेरि निषेधित क्षेत्र घोषणा

लुम्बिनी (रुपन्देही), १५ कात्तिक । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्ला सदरमुकाम भैरहवामा फेरि निषेधित क्षेत्र घोषणा गरेको छ ।

कार्यालयले आज साँझ ६ बजेदेखि आगामी कात्तिक २० गते साँझ ६ बजेसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको जनाएको छ ।

प्रशासन कार्यालयले भैरहवा क्षेत्रमा सभा जुलुस, पाँच जनाभन्दा बढी मान्छे हिँड्न तथा जम्मा हुन नदिने गरी निषेधित क्षेत्र घोषणा जारी गरिएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आज विज्ञप्ति जारी गर्दै भैरहवाको पूर्वमा वसन्तपुर गाविसको बाइपास सडक, पश्चिममा गौतमबुद्ध विमानस्थलको मायादेवी चोक, उत्तरमा नेपाल विद्युत् प्राधिकरणको कार्यालय र दक्षिणमा भैरहवा भन्सार कार्यालयको मूलढाटसम्म तथा सिद्धार्थराजमार्गको ३०० मिटर वरपरसम्म निषेधित क्षेत्र घोषणा गरिएको छ ।

जिल्लामा अनियन्त्रित व्यक्ति समूहबाट हिंसात्मक वा बिध्वंसात्मक कार्य गरी सार्वजनिक तथा निजीसाधनको तोडफोड गरी हुलदङ्गा एवम् अशान्ति हुनुका साथै अराजकस्थिति उत्पन्न भई शान्ति भङ्ग हुने परिस्थिति देखिएकाले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३ क) बमोजिम ती क्षेत्र र स्थानमा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारीबाट हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।

प्रशासनले निषेधित क्षेत्र घोषणा गरे पनि यातायात, पसल, बजार भने सहजरुपमा सञ्चालन गर्न पाइने प्रजिअ ढकालले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts