Sunday, November 1, 2015

सिंहदरबार घेर्ने मोर्चाको तत्काल कार्यक्रम छैन : अध्यक्ष यादव

जनकपुरधाम, १५ कात्तिक । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सिंहदरबार घेर्ने मोर्चाको तत्काल कार्यक्रम नरहेको बताउनुभएको छ ।

पत्रकारसँग आज जनकपुरमा कुराकानी गर्दै उहाँले मोर्चा चीन र भारतको विरोधमा छैन भन्दै कुनै पनि राष्ट्रको झन्डा जलाउने काम निन्दनीय भएको पनि बताउनुभयो ।

एक प्रश्नको जवाफमा अध्यक्ष यादवले आगामी वार्ताको अवस्था हेरेर मोर्चाले आन्दोलनको स्वरुपमा विचार गर्नेछ भन्दै नाटकका लागि मात्र वार्ता गर्न नहुनेमा जोड दिनुभयो ।

उहाँले मोर्चा सहमति र संवादमा विश्वास राख्छ भन्दै सरकार वार्तालाई उपलब्धिपूर्ण बनाउन ठोस रुपमा प्रस्तुत हुनुपर्ने खाँचो पनि औँल्याउनुभयो ।

अध्यक्ष यादवले मधेसको मुद्दा राजनीतिक भएकाले यसको समाधान पनि राजनीतिक तबरले हुनुपर्नेमा जोड दिनुभयो ।

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अबको आन्दोलन अन्तिम लडाईं झैँ हुने बताउँदै सरकारले आन्दोलनलाई भ्रमका रुपमा प्रचार गरिरहेको प्रति आपत्ति व्यक्त गर्नुभयो

उहाँले नाकाबन्दी पूर्ण रुपले सशक्त रहेको छ भन्दै सरकारले नाकाबन्दीका बारेमा गलत समाचार प्रसारण गराइराखेको पनि बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts