बैतडी, १९ कात्तिक । देहीमाडौँबाट गिरेगाडा जाँदै गरेको से १ ज ३७३ नंको जिप आज साँझ गल्लेक–२ मा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गल्लेक–९ का तारादत्त जोशी र दशरथचन्द नगरापालिका–७ की रेखा भट्ट छन् । उनीहरुको उपचारका क्रममा जिल्ला अस्पताल बैतडीमा मृत्यु भएको हो
दुर्घटनामा अन्य १० जना घाइते भएकामा पाँचको अवस्था गम्भीर रहेको र उनीहरुलाई थप उपचारका लागि भारतको पिथौडागढ लगिएको छ । पाँच जनाको भने जिल्ला अस्पतालमा उपचार भइरहको प्रहरीले जनाएको छ । दुर्घटनापछि जिप चालक गोपाल जोशी फरार छन् । रासस
No comments:
Post a Comment