Friday, November 6, 2015

विद्युतीय चुलोको निर्यात बढ्यो

भीमदत्तनगर, २० कात्तिक । कञ्चनपुरको भीमदत्तनगर बजारबाट काठमाडौँ, पोखरा लगायतका देशका अन्य क्षेत्रमा विद्युतीय चुलोको निर्यात पछिल्लो समय बढ्दै गइरहेको छ ।

यहाँका व्यापारी तथा स्थानीयवासीले भारतको सीमावर्ती सहर बनबासा, खटिमा, टनकपुरबाट समेत विद्युतीय (इन्डेक्सन) चुलो खरिद गरी काठमाडौँ निर्यात गरिरहेका छन् । “हाम्रो नाकाबाट दैनिक ५०÷६० वटा विद्युतीय चुलोको भारतबाट आयत हुँदैछ”, कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले भन्नुभयो, “स्थानीय बजारबाट काठमाडाँै पठाउने क्रम बढेको छ ।”

भारतको अघोषित नाकाबन्दीका कारण काठमाडाँैमा खाना पकाउने ग्यासको अभाव भएपछि विद्युतीय उपकरणबाट खाना पकाउन आवश्यक पर्ने विद्युतीय चुलो, हिटर तथा माटाका हिटरसमेत भारतीय सीमावर्ती सहरबाट निर्यात भइरहेको प्रमुख भन्सार अधिकृत रेग्मीको भनाइ छ ।

“विद्युतीय चुलोमा प्रयोग हुने त्यससँग सम्बन्धित सामाग्रीको पनि व्यापार बढेको छ,” उहाँले भन्नुभयो, “काठमाडाँैमा यसको माग ह्वात्तै बढेको छ ।”

त्यसैगरी, सीमावार्ती भारतीय सहर बनबासाका व्यापारीले पनि पछिल्लो समय नेपालमा खाना पकाउन प्रयोग गरिने विद्युतीय सामानको बिक्री बढिरहेको बताएका छन् । “मेरो पसलबाट डेढ सय थान इन्मेक्स चुलो हप्तादिनमै बिक्री भइरहेको छ,” बनबासाका व्यापारी विन्टु गुप्ताले भन्नुभयो– “दिनहँु नेपाली ग्राहक विद्युतीय चुलो खोज्न आउँछन ।”

भीमदत्तनगरस्थित बसपार्कमा पनि खाना पकाउने विद्युतीय सामान, ग्यास तथा पेट्रोलियम पदार्थ काठमाडौँ पठाउनेको भीडभाड लागेको देखिन्छ । भीमदत्तनगरका केही व्यापारीले विद्युतीय चुलो लगायतका सामान काठमाडौैँ बिक्रीका लागि पठाउँदै आएका छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts