Sunday, November 15, 2015

काँग्रेसको १३औँ महाधिवेशनको तयारी सुरु

काठमाडौँ, २९ कात्तिक । नेपाली काँग्रेसको १३औँ महाधिवेशनको तयारीका लागि गठन भएका १३ वटा समितिले काम सुरु गरेका छन् ।

समितिका संयोजकहरुको आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित बैठकमा यस्तो जानकारी गराइएको हो । महाधिवेशन तयारीका लागि गठन गरिएका समितिका संयोजकहरुलाई निर्देशन दिँदै कार्यवाहक सभापति रामचन्द्र पौडेलले महाधिवेशनको तयारीका आवश्यक काम तीव्रताका साथ अगाडि बढाउन लागिपर्नु पर्नेमा जोड दिनुभएको थियो ।

बैठकमा महामन्त्री प्रकाशमान सिंह र कोषाध्यक्ष चित्रलेखा यादवको समेत उपस्थिति थियो । सो अवसरमा भोजन आवास व्यवस्थापन समितिका संयोजक बलबहादुर केसी, प्रचारप्रसार समितिका संयोजक डा मीनेन्द्र रिजाल, विदेशी पाहुना स्वागत तथा व्यवस्थापन समितिका संयोजक सुजाता कोइराला, पार्टी विधान संशोधन समितिका संयोजक आनन्दप्रसाद ढुङ्गाना, मञ्च व्यवस्थापन समितिका संयोजक नवीन्द्रराज जोशी, सांस्कृतिक समितिका संयोजक मीना सुब्बा, स्वयंसेवक व्यवस्थापन समितिका संयोजक नारायण कोइराला, महाधिवेशन व्यवस्थापन समितिका संयोजक भीमसेनदास प्रधान र केन्द्रीय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले महाधिवेशन तयारीका लागि आफ्ना समितिले सुरु गरेका कामको जानकारी कावा सभापति पौडेललाई गराउनुभएको थियो ।

संयोजकहरुले आ–आफ्नो समितिका तर्फबाट धारणा राख्दै पार्टीको १३औँ महाधिवेशनलाई व्यवस्थित र भव्यताका साथ सम्पन्न गर्न समितिहरुले आफ्नो कार्य प्रारम्भ गरेको जानकारी गराएको विधान संशोधन समितिका संयोजक ढुङ्गानाले राससलाई बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts