काठमाडौँ, ५ मङ्सिर । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको केन्द्रीय परिषद्को पहिलो बैठक भोलिदेखि सुरु हुने भएको छ ।
काठमाडौँको भाटभटेनीमा मङ्सिर ८ गतेसम्म हुने उक्त बैठक पार्टीको महाधिवेशनपछि पहिलो पटक बस्न लागेको हो ।
पार्टीका सहायक महामन्त्री राजाराम श्रेष्ठले बैठकमा मुलुकको समसामयिक राजनीतिक विषय वस्तुमा पार्टीको दृष्टिकोण तथा आगामी दिनमा पार्टीले लिनुपर्ने कार्ययोजना निर्माण गरिने जानकारी दिनुभयो ।
उहाँका अनुसार देशभरबाट एक हजार १८ प्रतिनिधि तथा ४७० पर्यवेक्षक सहभागी हुनेछन् । पार्टीका अध्यक्ष कमल थापाले ११ बजे उद्घाटन गर्ने बैठकमा पार्टीका सबै विभाग, भ्रातृ सङ्गठन तथा केन्द्रीय समितिले एक वर्षसम्म गरेका काम तथा कारबाहीको विवरण बुझाउनुपर्ने छ, त्यसमा समीक्षा गरिने सहायक महामन्त्री श्रेष्ठले वताउनुभयो ।
केन्द्रीय कार्य समितिको निर्वाचनबाहेक अन्य सबै कामकारबाही गर्न सक्ने अधिकार बैठकलाई रहेको छ । पार्टीको विधानअनुसार सो बैठक वर्षमा एक पटक गर्नुपर्ने हुन्छ । रासस
Saturday, November 21, 2015
राप्रपा नेपालको केन्द्रीय परिषद्को पहिलो बैठक भोलिदेखि हुने
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment