Saturday, November 21, 2015

तेक्वान्दोमा पाँच खेलाडी छनोट

काठमाडौँ, ५ मङ्सिर । एघारौँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटीसी)का लागि नेपालबाट पाँच खेलाडी छनोट भएका छन् ।

लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा आज भएको प्रथम राष्ट्रिय फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिपको ग्रान्ड फिनालेमा पहिलो भएका तीन पुरुष र दुई महिला खेलाडीले आगामी २०१६ को अक्टोबरमा अमेरिकाको पोर्टल्यान्डमा हुने सो प्रतियोगितामा सहभागिता जनाउने छन् ।
मैत्री तेक्वान्दो डोजाङ, सगरमाथा तेक्वान्दो डोजाङ र युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन (युयुएनटिएफ), नेपालद्वारा संयुक्त आयोजित छनोटमा पुरुष ८० केजीमुनि रोजिन सिंह, ७८ केजीमुनि प्रेमबहादुर नेपाली तथा ५८ केजीमुनि माधव तिमिल्सिनाले अमेरिकामा हुने प्रतियोगितामा छनोट हुन सफल भए ।
त्यस्तै महिलाको ४९ केजीमा पार्वती मगर र ५७ केजीमा रञ्जना थापा छनौट भएका थिए ।
पुरुषमा माधव र महिलामा रञ्जना उत्कृष्ट खेलाडी चुनिँदै समान रु १५÷१५ हजार नगदबाट पुरस्कृत भए । उत्कृष्ट प्रशिक्षक घोषित भएका बाबुराजा व्यञ्जनकारले रु १० हजार नगद पुरस्कार प्राप्त गरे ।
छनोटको प्रत्येक तौल समूहमा उपविजेता बनेका रोशन, अशोक, राजेश, निशा र सोनीले समान रु १०÷१० हजार नगद पुरस्कार प्राप्त गरे ।
युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डललगायतले विजेतालाई पुरस्कार वितरण गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts