काठमाडौँ, १ मङ्सिर । नेपाल–चीन तिब्बत १५आँै आर्थिक तथा व्यापार मेला आजदेखि भृकुटीमण्डपमा सुरु भएको छ ।
नेपाल र चीन तिब्बतमा उत्पादित घरेलु हस्तकला, पश्मिना, कृषि, जडिबुटीका अतिरिक्त विद्युतीय सामग्रीका ७० वटा बिक्री र प्रदर्शनी कक्ष मेलामा राखिएका छन् । चिनियाँ पक्षबाट ५० वटा कक्षमा गहँुको सातु, पानीदेखि धुप, चीज, हर्बल, जुस, चिया, पश्मिना, छाला, ऊनीका कपडा, विद्युतीय (इन्डेक्सन) चुल्हो, फ्रिज र विद्युत्बाट चल्ने मोटरसाइकल मेलामा प्रदर्शनी र बिक्रीका लागि राखिएको छ ।
नेपाली पक्षबाट भने २० वटा कक्षमा हस्तकला, ऊनबाट तयार भएका न्यानो कपडा, भिर मौरीको मह, गलैँचालगायतका स्वदेशी उत्पादन राखिएको छ । चिनियाँ पक्षले नेपाली बजारको हालको आवश्यकलाई दृष्टिगत गरेर आफ्ना सामान ल्याएको छ । दुवै देशका सरकारको समन्वयमा सन् १९९० देखि प्रत्येक दुई÷दुई वर्षमा आयोजना हुने सो मेला एकपटक नेपालमा र अर्काेपटक तिब्बतमा हँुदै आएको छ ।
यसपटकको मेलाका लागि चिनियाँ पक्षले ४७ लाख युआन बराबरको सामग्री ल्याएको बताइएको छ । सो मेलाको वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्याय र चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष दोङ मिङयूमले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । उक्त अवसरमा सचिव उपाध्यायले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहँदै चीन विरोधी कुनै पनि गतिविधि हुन नदिन सधैँ चनाखो रहँदै आएको बताउनुभयो ।
छिमेकी मुलुक चीनबाट नेपालले भूकम्पलगायत अरु समयमा पनि अर्थपूर्ण सहयोग र समर्थन प्राप्त गर्दै आएका बताउँदै उहाले कृषि, विद्युत्, पर्यटन र अरु पूर्वाधार निर्माणका क्षेत्रमा नेपालमा लगानीका लागि चिनियाँ लगानीकर्तालाई आह्वान गर्नुभयो । नेपाली जनताले आपूर्ति समस्या भोगिरहेका बेला आयोजना भएको मेला आफँैमा महत्वपूर्ण र दुई मुलुकबीचको सुसम्बन्धको प्रतिकका रुपमा रहेको बताउँदै सचिव उपाध्यायले व्यापार र सहयोग आदानप्रदान तथा जनताबीचको सम्बन्ध विस्तारमा यस्ता मेलाबाट योगदान रहने विश्वास व्यक्त गर्नुभयो ।
तिब्बत सरकारका उपाध्यक्ष दोङले नेपाल–चीन तिब्बतबीचको सम्बन्ध सदियौँ पुरानो र मैत्रिवत् रहेको बताउँदै यस्ता भेलाले व्यापारका अतिरिक्त जनस्तरको सम्बन्धलाई पनि प्रगाढ तुल्याउन मद्दत पु¥याउने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष दोङले दुई देशबीच लामो समयदेखि चल्दै आएको परम्परागत व्यापारलाई बदलिँदो परिस्थितिअनुरुप आधुनिकता प्रदान गर्न यस्ता मेलाले थप योगदान पु¥याउने बताउनुभयो ।
नेपालका लागि चीनका राजदूत वु छुन्ताइले असल छिमेकीका रुपमा रहेका दुई देशबीचको सम्बन्ध अत्यन्त मित्रवत् र सुमधुर रहेको बताउनुभयो । तिब्बती जनताको कडा मेहनत र परिश्रमले पछिल्लो समय तिब्बतले कृषि उत्पादन, आधुनिक पूर्वाधार निर्माण र औद्योगिक विकासमा प्रगति हासिल गरेको बताउँदै उहाँले यस्ता मेलाले दुवै देशले आर्थिक विकासमा गरेको योगदानको अनुभव साटासाट गर्न सहयोग पुग्ने बताउनुभयो ।
चीनको तिब्बत एसियाको प्रवेश मार्गका रुपमा रहेको जानकारी गराउँदै राजदूत वु चीनले नेपाल र चीनको सीमा क्षेत्रको विकासका लागि पूर्वाधार निर्माणमा लगानी बढाउँदै लगेको जानकारी दिनुभयो । मेला पाँच दिनसम्म चल्नेछ । रासस
No comments:
Post a Comment