Wednesday, November 11, 2015

पेट्रोलियम पदार्थ बोकेको ट्यांकर अलपत्र

धुन्चे (रसुवा), २५ कात्तिक । पेट्रोलियम पदार्थ बोकी रसुवागढीबाट नेपाल प्रवेश गरेको एक ट्याङ्कर बिग्रिएर बीच बाटामा अलपत्र परेको छ ।

जिल्ला प्रहरी प्रमुख अवधेश विष्टका अनुसार स्याफ्रु गाविस वडा नं ४ सानो भार्खुको बाह्रघुम्तीमा नौ हजार लि पेट्रोलियम पदार्थ बोकी आएको ट्यांकरको सुरक्षाको व्यवस्था मिलाइसकेको र २४ ट्याङ्कर पेट्रोलियम पदार्थ लिई काठमाडौँतर्फ प्रस्थान गरिसकेको प्रमुख विष्टले जानकारी दिनुभयो ।

यस्तै तिहारलाई लक्ष्य गरी चीनबाट आयात गरिएको स्याउ बोकेका ३७ कन्टेनर पनि काठमाडौँतर्फ आज अपराह्न प्रस्थान गरेका छन् । फलफूलको आपूर्ति व्यवस्था मिलाउन ती कन्टेनर आजै राति अबेरसम्म भए पनि काठमाडौँ पुग्ने चालकले बताएका छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts