Sunday, November 1, 2015

दुई दिन ‘भिटामिन ए’ खुवाउने कार्यक्रम

काठमाडौँ, १५ कात्तिक । छ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई सोमबार र मङ्गलबार (१६ र १७ गते) भिटामिन ‘ए’ क्याप्सुल खुवाइने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ७५ वटै जिल्लामा भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने कार्यक्रम तय गरेको हो ।

मन्त्रालयको बाल स्वास्थ्य महाशाखाका अनुसार करिब २७ लाख बालबालिका र तीमध्ये करिब २३ लाख एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य राखिएको छ ।

महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेलले भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियानका कारण हरेक वर्ष करिब १२ हजार बालबालिकालाई अकाल मृत्युबाट बच्न सहयोग पुग्दै आएको राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)को अध्ययनले देखाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts