Wednesday, November 11, 2015

राष्ट्रपतिद्वारा दीपावलीको शुभकामना

काठमाडौँ, २५ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले दीपावलीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

घर घरमा दीपावली गरी हर्षोल्लासका साथ मनाइने यस चाडले सम्पूर्ण नेपालीको मुहारमा उज्यालोपन ल्याउन सकोस्, नेपाली नेपालीबीचको आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुता अझ सुदृढ बनाओस् र समाजमा शान्ति एवम् स्थायित्व कायम गरी देशमा आर्थिक समृद्धिको ढोका खोल्न प्रेरणा प्रदान गरोस् भन्ने कामना राष्ट्रपति भण्डारीले गर्नुभएको छ ।

“यस पर्वलाई हर्षोल्लासका साथ मनाउन जसरी सबै नेपाली एकाकार हुन्छौँ, त्यसरी नै देशमा भर्खरै जारी भएको नेपालको संविधानको सफल कार्यान्वयन गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गरी समृद्ध राष्ट्र निर्माण गर्न सम्पूर्ण देशवासीको साथ र सहयोग प्राप्त होस्, यही मेरो शुभकामना छ”– राष्ट्रपतिको सन्देशमा भनिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts