Wednesday, November 11, 2015

देवकोटाको मामाससुराली झिल्टुङमा कविहरु

त्रिशूली(नुवाकोट), २५ कात्तिक । महाकवि लक्ष्मीप्रसाद देवकोटको जन्मजयन्तीका अवसरमा देवकोटाको मामाससुराली झिल्टुङको दुईपिपल डबलीमा कविगोष्ठी सम्पन्न भएको छ ।
महाकवि देवकोटा साहित्य प्रतिष्ठानको आयोजनामा मङ्गलबार भएको कार्यक्रममा काठमाडौँबाट गएका तथा स्थानीय कविहरुले आआफ्ना रचना वाचन गरेका थिए । कार्यक्रममा कवि अभय श्रेष्ठ, सङ्गीत स्रोता, सरिता तिवारी, निभा शाह, केवल विनावी, कला अनुरागी, सुमनराज श्रेष्ठ, नवीनप्रकाश श्रेष्ठ, शोभा दुलालले कविता वाचन गर्नु भएको थियो ।
यस्तै कार्यक्रममा ज्वालामुखी, नारायण नेपाल, जनक भट्टराई, तेजनाथ खतिवडा, प्रमिला परी, सीता दुलाल, सुदाम लामिछाने, नवीना भट्टराई लगायतले कविता वाचन गर्नुभएको थियो । कविहरुले समसामयिक विषय, नाकाबन्दी र सामाजिक विकृतिहका विषयमा कविता वाचन गरेका थिए ।
कार्यक्रममा कवि सरिता गिरीलाई सम्मान समेत गरिएको थियो । काठमाडौंँ डिल्लीबजारमा लक्ष्मीपूजामा जन्मिएका महाकवि देवकोटको २०१६ सालमा निधन भएको थियो । देवकोटाको मामा ससुराली(नेपाल थर) झिल्टुङमा आएका बेलामा कोल्पु खोलामा तीरमा प्रेममा डुबेको एक जोडीको कथालाई देवकोटाले ‘कुञ्जिनी’ खण्डकाव्यमा समेटेका छन् ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts