Wednesday, November 25, 2015

संस्कार एफएमको समाचार प्रसारण कार्य सुरु

कलैया, ९ मङ्सिर । कलैयास्थित शान्ति मिडिया प्रालिबाट संचालित संस्कार एफएमबाट समाचार प्रशारण कार्य बन्द रहेकोमा हिजो बेलुकीदेखि समाचार प्रसारण सुरु भएको कुरा सो प्रालिबाट थाहा भएको छ ।

मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सञ्चार गृहमा भएका दुव्र्यवहारप्रति दुःख व्यक्तगर्दै अब उपरान्त सञ्चार गृह, सञ्चारकर्मीलाई सहजरुपमा समाचार सम्पे्रषण, प्रशारण गर्ने वातावरण बनाउने प्रतिवद्धता व्यक्त गरेकोले समाचार प्रशारण कार्य सुरु गरेको जनाइएको छ ।
सो प्रालिबाट प्रकाशित “संस्कार खबर” दैनिक पत्रिकालाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा कार्यकर्ताले यही मङ्सिर १ गते कलैयाको भरत चोकमा जलाएको विरुद्ध यही मङ्सिर ४ गतेदेखि सो एफएमबाट समाचार प्रसारण कार्य अनिश्चितकालसम्मका लागि बन्द गरिएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts