Wednesday, November 25, 2015

अतिकम विकसित देशमा आएको आर्थिक सङ्कुचनले चुनौती थपिँदै

काठमाडौँ, ९ मङ्सिर । विश्वका अतिकम विकसित देश(एलडिसीज) का अर्थतन्त्रमा निरन्तर सङ्कुचन आउँदा ती देशमाथि आर्थिक र सामाजिक चुनौती थपिँदै गएको छ ।

संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम(युएनडिपी)ले आज यहाँ सार्वजनिक गरेको एलडिसी प्रतिवेदन २०१५ ले ती देशको अर्थतन्त्र विस्तार हुन नसक्दा गरिबी झनै बढ्दै जाने उल्लेख गरेको छ ।

प्रतिवेदन सार्वजनिक गर्दै युएनडिपी नेपालका सहायक देशीय निर्देशक सोफी काम्खादेले नेपाललगायतका अतिकम विकसित देशले आन्तरिक व्यापारलाई प्रवद्र्धन गर्नुपर्ने र उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो ।

प्रतिवेदनका अनुसार सन् २०१३ मा ती देशको आर्थिक वृद्धिदर ६.१ प्रतिशत रहेकामा २०१४ मा ५.५मा झरेको र सन् २०१५ मा त्यो झनै कम भएर ५.२ प्रतिशतमा सीमित हुने प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनका अनुसार अति कम विकसित देशको चालु खाता घाटा सन् २०११ मा ९.३ विलियन अमेरिकी डलर रहेकामा त्यो बढेर सन् २०१४ मा ४९.४ विलियन अमेरिकी डलर पुगेको छ ।

त्यसैगरी आन्तरिक उत्पादन वस्तु व्यापारको तुलनामा आयात वस्तु व्यापारको हिस्सा बढ्दै गएकाले पनि ती देशको अर्थतन्त्र उकालो लाग्न नसकेको निष्कर्ष निकालेकोे छ । विश्वका ४८ अतिकम विकसित देशमध्ये एसियामा नौ वटा देश पर्छन् ।

त्यसैगरी लगानी र बचतमा देखिएको अन्तर हाइटीमा ८.४ प्रतिशत र एसियाली देशमा ५.९ प्रतिशत रहेको उल्लेख छ । वैदेशिक लगानीको विविधिकरण गर्न नसकिएको र अति कम विकसित देशमा दातृ निकाय राष्ट्रको सरकारी विकास सहयोग कम हुँदै गएको छ ।

ती देशको विप्रेषण आप्रवाहमा ७.१ प्रतिशतले वृद्धि भइ २.४ विलियन अमेरिकी डलर पुगेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
व्यापार तथा विकास सम्मेलनका लागि संयुक्त राष्ट्रसङ्घका अर्थशास्त्री डा वासुदेव गुहा खाम्नेसिसले सन् २०३० को दिगो विकासका लक्ष्य पूरा गर्नका लागि ती देशको अर्थतन्त्र तथा जनताको आयमा सुधार आउनुपर्ने सुझाव दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts