काठमाडौँ, १९ कात्तिक । अध्यागमन विभागले सेवाग्राहीको सुविधालाई ध्यानमा राखेर यात्रा अनुमतिपत्र
सरकारले अन्तर्राष्ट्रिय उड्डयन सङ्गठन (आइकाओ) सँग गरेको सम्झौताअनुरुप हरेक यात्रा अनुमतिपत्र यान्त्रिक बनाउन लागिएको विभागले जनाएको छ । सम्झौताबमोजिम आगामी मङ्सिर ८ गतेदेखि एमआरपी जस्तै सबै यात्रा अनुमतिपत्र यन्त्रले पढ्नसक्ने बनाउने तयारी भइरहेको विभागका निर्देशक विश्वप्रकाश न्यौपानेले जानकारी दिनुभयो ।
उहाँले राहदानी विभागको समन्वयमा विभागले यात्रा अनुमतिपत्रलाई प्रविधिमैत्री बनाउन लागेको जानकारी दिनुभयो । “विभागको काम कारबाहीलाई सुलभ र प्रभावकारी बनाउन अनलाइन निवेदनलाई सुधार गर्न लागिरहेका छौँ, यात्रा अनुमतिपत्रलाई यान्त्रिक बनाउने अन्तिम तयारी भएको छ” – निर्देशक न्यौपानेले भन्नुभयो ।
आइकाओले सन् २०१५ नोभेम्बर २४ देखि विश्वका सबै मुलुकले हरेक यात्रा अनुमतिपत्रलाई मेसिन रिडेबल बनाउनुपर्ने नियम जारी गरेपछि नेपालको अध्यागमन विभागले उक्त प्रक्रिया सुरु गर्न लागेको हो ।
गृह मन्त्रालय मातहतको विभागले खासगरी स्वदेशी तथा विदेशी नागरिकलाई प्रवेशाज्ञा (भिसा) जारी गर्ने र समयावधि थप्ने, यात्रा अनुमति दिने तथा कानुनबमोजिम भएका अपराधको अनुसन्धान गरी कारबाही गर्नेलगायत काम गर्दै आएको छ । रासस
No comments:
Post a Comment