Thursday, November 5, 2015

२५ फरार अभियुक्त पक्राउ

बनेपा, १९ कात्तिक । काभ्रेपलाञ्चोकमा प्रहरीले अदालतबाट दोषी ठहर भएका अभियुक्तलाई धमाधम पक्राउ गर्न थालेको छ ।

पछिल्लो दुई साताको अवधिमा २५ जना कैद भुक्तान गर्नुपर्ने फरार अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिनुभयो ।

“अपराध र अपराधीरहित जिल्लाको परिकल्पना गरेर, घरदैलोमा सूचना दिएर फरार अभियुक्त पक्राउ गरेका छौँ,” उहाले भन्नुभयो । पक्राउ परेकाले सात महिना २७ दिन कैद भुक्तान गर्नुपर्ने छ । उनीहरुबाट कुल रु एक लाख ३३ हजार १७१ असुल गरिएको छ । केही विदेश भागेका भएपनि उनीहरुलाई पनि पक्राउ गर्ने प्रतिवद्धता प्रहरी उपरीक्षक बास्तोलाले प्रकट गर्नुभएको छ ।

यसअघि प्रहरीले २६८ जना विभिन्न मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको थियो ।
प्रहरी उपरीक्षक बास्तोलाले अझै ९६८ जना फरार अभियुक्त पक्राउ गर्न बाँकी रहेको उल्लेख गर्दै २०३९ सालदेखि जिल्ला अदालत काभ्रेपलाञ्चाकले दोषी ठह¥याएका अभियुक्त पक्राउ नभएको बताउनुभयो । उनीहरुसँगबाट रु ३७ करोड ९९ लाख ५ हजार ४४७ जरिवाना समेत असुल गर्न बाँकी रहेको छ । केही अभियुक्त आफैँ पनि अदालतमा हाजिर हुन थालेका छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts