Monday, November 23, 2015

नेता देउवा सीमाङ्कन विवाद जनमत सङ्ग्रहबाट टुङ्ग्याउनुपर्ने पक्षमा

नेपालगन्ज, ७ मङ्सिर । नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सीमाङ्कनको विवाद जनमत सङ्ग्रहबाट टुङ्ग्याउनुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।

नेपाल प्रेस युनियन, बाँकेद्वारा आज यहाँ आयोजित पत्रकारसम्मेलनमा उहाँले मधेस केन्द्रित दलको सीमानाका बन्द गर्ने आन्दोलन जनविरोधी भएको बताउनुभयो । “संविधानमा नमिलेका कुरा व्यवस्थापिका–संसद्बाट टुङ्गो लगाउन सकिनेमा जोड दिँदै नेता देउवाले हिंसात्मक आन्दोलनले वार्तामा बस्ने वातावरणलाई सहज बनाउँदैन भन्नुभयो ।

पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफमा उहाँको भनाइ थियो – “वर्तमान सरकारले कालोबजारीलाई नियन्त्रण गर्न नसकेकाले आपूर्ति व्यवस्था जटिल र कमजोर हुँदै गएको हो ।” रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts