Monday, November 23, 2015

सुस्त मनस्थिति पाँजजनालाई रकम हस्तान्तरण

मोरङ, ७ मङ्सिर । इटहरा–७ मोरङका एकै घरका सुस्त मनस्थिति भए पाँचजनालाई नेत्र आचार्यले आर्थिक सहयोग गर्नुभएको छ ।
झापा दमक घर भई हाल अमेरिकामा रहनुभएका आचार्यले पठाउनुभएको नगद १४ हजार १०० रुपैयाँ आज स्थानीय सञ्चारकर्मी तेजन खड्का र रुपेन्द्र शेर्माले इटहरा–७ का तुलसीराम ढुङ्गाना र सृजना ढुङ्गानाका दम्पतीलाई घरमै पुगेर हस्तान्तरण गर्नुभएको छ ।
ढुङ्गाना दम्पतीका छोरीछोरी निर्मला, निर्मल, उमेश, पार्वता र गोमा अपाङ्गता तथा सुस्त मनस्थितिका रहेका छन ।
यस्तै, झापा दमक बस्दै आउनुभएका बैगुनधुरा–९ दहगाउँका राजु निरौलाले पनि ढुङ्गाना दम्पतीलाई सहयोग गर्नुभएको दुई हजार ५०० रुपैयाँ सञ्चारकर्मी खड्का र शेर्माले हस्तान्तरण गर्नुभयो ।
राससलगायत विभिन्न सञ्चारमाध्यममा सुस्त मनस्थिति भएका परिवारको बिजोग भएको समाचार प्रकाशन प्रसारण गरेपछि थाहा पाएपछि आचार्य र निरौलाले सहयोग गर्नुभएको थियो ।
यसअघि पनि ढुङ्गाना परिवारलाई मोरङ राजघाट–५ बाट जापान र हङकङ जानुभएका ममता मगर र बालिका गुरुङ पाँच÷पाँच हजार सहयोग गर्नुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts