Monday, November 2, 2015

दोस्रो लटको पेट्रोलियम पदार्थ नेपाली भित्रियो

धुन्चे (रसुवा), १६ कात्तिक । दोस्रो लटमा पेट्रोलियम पदार्थ भर्न केरुङ गएका तीनवटा ट्याङ्कर इन्धन भरी अहिले साँझ टिमुरे आइपुगेका छन् ।

सशस्त्र प्रहरी सीमा सुरक्षा बलका अनुसार आज बिहान केरुङ गएका ती ट्याङ्करले ३२ हजार लिटर पेट्रोलियम पदार्थ बोकी नेपाल फर्किएका हुन् ।

आइतबार काठमाडौँबाट आएका थप चारवटा ती ट्याङ्करमध्ये एकवटा टिमुरेमै रहेको छ ।

केरुङमा ल्याइएको पेट्रोलियम पदार्थ नेपालमा पठाइसकेको र थप इन्धन सिकात्छेबाट केरुङ आउँदै गरेकाले केही समयका लागि नेपालकै भू–भागमा खाली ट्याङ्कर राख्न चिनियाँ सुरक्षाकर्मीले आग्रह गरेपछि एकवटा ट्याङ्कर टिमुरेमै राखिएको र त्यो ट्याङ्करमा भोलिसम्म इन्धन भरिने बताइएको छ ।

हालसम्म एक लाख ४३ हजारभन्दा बढी लिटर पेट्रोलिएम पदार्थ नेपाल भित्रिसकेको सीमा क्षेत्रका सुरक्षाकर्मीेले बताएका छन् ।

पहिलो लटमा आएका १२ वटा ट्याङ्कर भने इन्धन बोकी केन्द्रीय भण्डार थानकोटमा पुगिसकेको जिल्ला प्रहरी प्रमुख अवदेश विष्टले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts