भैरहवा, १६ कात्तिक । उद्योग मन्त्री सोमप्रसाद पाण्डेले विशेष आर्थिक क्षेत्र (सेज) को निरीक्षण गर्नुभएको छ ।
आज भैरहवा आउनुभएका मन्त्री पाण्डेले उद्घाटन भएर पनि सञ्चालनमा नआएको सेजको निरीक्षण गर्नुभएको हो । मन्त्री पाण्डेले आजै भैरहवा भन्सार कार्यालयको पनि निरीक्षण गर्नुभएको थियो ।
मन्त्री पाण्डेले बुटवल औद्योगिक क्षेत्र, धागो कारखाना, घरेलु तथा साना उद्योग कार्यालय भैरहवाको पनि निरीक्षण गर्नुभएको हो । रासस
No comments:
Post a Comment