Thursday, November 5, 2015

चर्चमार्फत अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौँ, १९ कात्तिक । चर्चमार्फत अमेरिका पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट रु ४७ लाख ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुर उपमहानगरपालिका–१६ का प्रवेक डङ्गोल रहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

अभियुक्त डङ्गोलले दोलखामा आङछिरी शेर्पालगायत सातजनालाई आफू चर्चको पास्टर रहेको र प्रतिव्यक्ति रु २५ लाख दिएमा चर्चमार्फत अमेरिका पठाइदिन्छु भनी प्रलोभन देखाई शेर्पालगायत सातजनासँग रु ४७ लाख ५० हजार लिई नक्कली प्रवेषाज्ञा र टिकटसमेत उपलव्ध गराई सम्पर्कविहीन भएका थिए ।

आफू ठगिएको थाहापाएपछि पीडित शेर्पालगायतले दिएको उजुरीका आधारमा डङ्गोललाई पक्राउ गरी कारबाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको परिसरले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts