काठमाडौँ, १९ कात्तिक । नवनियुक्त उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीमबहादुर रावलले आज पदबहाली गर्नुभएको छ ।
रक्षा मन्त्रालयमा आफ्नो पदभार ग्रहण गर्ने क्रममा उपप्रधान मन्त्री रावलले आफू जटिल समयमा मन्त्री बनेकाले सबैको सहयोगको खाँचो रहेको बताउनुभयो ।
मन्त्री रावलले देशमा अघोषित नाकाबन्दीले आपूर्ति व्यवस्था सङ्कटमा परेको भन्दै आपूर्ति व्यवस्थालाई सहज बनाउनु सरकारको प्रमुख चुनौती रहेकोे औँल्याउनुभयो ।
उहाँले संविधान निर्माण हुनु ऐतिहासिक सफलता भएकाले यसको कार्यान्वयनका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
मन्त्री रावलले भूकम्पपीडित जनताको उचित बसोबासको व्यवस्था गर्न सरकार गम्भीर भएर लाग्ने बताउनुभयो ।
पेसागतरुपमा ढुक्क भएर काम गर्नुहोस् – उपप्रम केसी
त्यसैगरी नवनियुक्त उपप्रधानमन्त्री चित्रबहादुर केसीले वैचारिकरुपले जता भए पनि पेसागतरुपमा ढुक्क भएर काम गर्न कर्मचारीलाई आग्रह गर्नुभएको छ ।
सहकारी तथा गरिबी निवारण मन्त्रालयको आज कार्यभार सम्हालेपछि उहाँले आफू पहिलोपटक कार्यकारी पदमा पुगेको हुनाले सबैको सहयोगको अपेक्षा गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “यतिका दिनसम्म जनताका धेरै कुरा बोकेर सडकमा हिँडियो, अब जनताका समस्या प्रशासनिक तरिकाले समाधान गर्ने दायित्य आएको छ ।” रासस
No comments:
Post a Comment