Friday, November 6, 2015

साझा बचाउने प्रतिबद्धता

काठमाडौँ, २० कात्तिक । उपप्रधानमन्त्री चित्रबहादुर केसीसमक्ष आज साझा प्रकाशनका पदाधिकारीले भेटी भाषा, साहित्य र प्रकाशनको इतिहास बनाएको सो संस्थालाई राज्यले उपेक्षा गरेको गुनासो गरेका छन् ।

सो प्रकाशनलाई हाल शिक्षा मन्त्रालय मातहत राखिए पनि कार्यप्रकृतिका आधारमा सहकारी मन्त्रालय पनि सम्बन्धित भएकाले यसलाई थप व्यवस्थित गर्न पदाधिकारीले माग गरेका छन् । जवाफमा सहकारी तथा गरिबी निवारणमन्त्री केसीले प्रकाशनको श्रीवृद्धिका लािग आफ्ना तर्फबाट पहल हुने विश्वास व्यक्त गरेको प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलेन्द्रप्रसाद शर्माले जानकारी दिनुभयो ।

भेटमा प्रकाशन सञ्चालक समिति सदस्यसमेत रहनुभएका पूर्वशिक्षामन्त्रीद्वय प्रदीप नेपाल र दीनानाथ शर्मा पनि सहभागी हुनुहुन्थ्यो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts