Friday, November 6, 2015

नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गर्ने शिक्षकविरुद्ध मुद्दा

काठमाडौँ, २० कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी पर्साका एक शिक्षकले सेवा गरेकोे भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार पर्सा बेल्वा–२ नयाँ टोलमा रहेको राष्ट्रिय प्रगति प्राथमिक विद्यालयका राहत शिक्षक अर्चनाकुमारी अधिकारीले महिला राहत शिक्षक कोटामा नियुक्ति प्रयोजनका लागि पेस गरेको शैक्षिक योग्यता नक्कली देखिएको छ ।

अधिकारीले पेस गरेको श्रीराम विभीषण उच्च विद्यालय लखौरा भारतबाट सन् २००१ मा माध्यामिक तह उत्तीर्ण गरेको भनिएको शैक्षिक योग्यताको प्रमाणपत्र अध्ययन गर्दा नक्कली देखिएकाले हदैसम्मको कारबाहीका माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts