काठमाडौँ, २९ कात्तिक । सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव केशवकुमार विष्टको पदस्थापनको विषयमा यसअघि जारी अन्तरिम आदेशलाई आज निरन्तरता प्रदान गरेको छ ।
न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको संयुक्त इजलासले उक्त आदेश दिएको हो ।
अदालतले अन्तरिम आदेशलाई निरन्तरता प्रदान गर्दै विष्टलाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको निर्देशनसम्बन्धी सक्कल फाइल अदालतमा पेस गर्न अख्तियारलाई आदेश दिएकोे छ ।
अख्तियारले गत भदौ २५ गते विष्टलाई सदस्य सचिवबाट हटाउन सरकारलाई निर्देशन दिएको थियो तर अख्तियारको निर्देशन चित्त नबुझेपछि विष्टले आफूमाथि अन्याय भएको भन्दै असोज १८ गते सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।
यसअघि कात्तिक १३ गते प्रधानन्यायाधीश कल्याण श्रेष्ठको एकल इजलासले अख्तियारको आदेश तत्काल कार्यान्वयन नगर्न पहिलो अन्तरिम आदेश दिएको थियो । रासस
No comments:
Post a Comment